प्रदेश सरकार

बागमती प्रदेश 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, नुवाकोट

nepal-flag

NOTICE

विज्ञप्ती             

हाम्रो परिचय


नुवाकोट जिल्ला मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चलका ८ वटा जिल्लाहरु मध्ये एक मनोरम पहाडी जिल्ला हो । यो जिल्लाको पुर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ्ग, उत्तरमा रसुवा र दक्षिणमा धादिङ्ग र काठमाण्डौ जिल्ला पर्दछन् । जिल्लाको उत्तरी अक्षांश २७०४५’ देखि २८०२०’ सम्म र पूर्वि देशान्तर ८५००’ देखि ८५०४५’ रहेको छ भने भू–बनोटमा जिल्लाको सबैभन्दा होचो भाग ४५० मिटर (महादेवफाँट) र सबै भन्दा अग्लो भाग ५,१४४ मिटर (घ्याङ्गफेदी गा.वि.स.को तीनचुली) सम्म फैलिएको छ । यस जिल्ला अत्यन्त गर्मि हुने उप–उष्ण हावापानी पाईने क्षेत्र देखी स्थायी हिउ रेखा भन्दा माथि सम्म फैलिएको हुँदा यस जिल्लाको भू–बनौट, हावापानी, वनस्पती, वन्यजन्तु, माटो तथा अन्य जनजीवन र क्रियाकलाप अत्यन्त विषम छ । यो जिल्लाको कुल क्षेत्रफल ११२०९९.९९ हेक्टर (हे.) रहेकोमा २३७२८ हे. क्षेत्र लाङ्गटाब र शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र पर्दछ । कृषि क्षेत्र ६०३५६ हेक्टर र बस्ती, नदीनाला, चरन, खोला, बगर र बाटो आदीले ढाकेको क्षेत्रफल १४,५४५ हेक्टर रहेको छ । नेपालमा वन व्यवस्थापनको औपचारिक कार्य वि.सं. १९९९ मा काठ महल अड्डाको स्थापना बाट शुरु भई २००८ सालमा वन विभागको गठन पश्चात विभिन्न समयमा विभिन्न वन संगठनको माध्यमबाट वन जंगलको संरक्षण भएको पाईन्छ । सोहि अनुसार वि.सं. २०४० सालमा नुवाकोट वन डिभिजन कार्यालय स्थापना भई २ वटा रेञ्ज कार्यालयहरु (रसुवा र धादिङ्ग) स्थापना भई तीन जिल्लाको वन संरक्षण, व्यवस्थापन सम्वन्धी कार्य भएको देखिन्छ । २०५० सालको वन संगठन अनुसार नुवाकोट जिल्ला (घ) वर्गमा रहि वन क्षेत्रको संरक्षण, सम्बर्धन र सदुपयोग भईरहेको छ ।